शेयर बजार गिरावट कायमै, १५ दशमलव शून्य २ अंकले घट्यो नेप्से

मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार ३४ दशमलव ९५ अंकले घटेको बजार आज १५ दशमलव शून्य २ अंकले घटेर २ हजार ३७० दशमलव ९९ विन्दुमा झरेको हो ।

मंगलबार २२८ वटा धितोपत्रको ३४ लाख १९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी लगानी समूहको १ दशमलव ३९ प्रतिशतले घटेको हो ।

त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।कारोबार रकमको आधारमा सिद्धार्थ बैँक लिमिटेडको ४ करोड २१ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस