नेपाली कांग्रेसले काठमाडौंको टोखा नगरपालिकाको प्रमुखको उम्मेदवारमा रजनी थापालाई उठाएको छ । गत स्थानीय निर्वाचनमा उनी सोही नगरपालिकाको उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् ।
‘देशलाई युवाको जोश र अग्रजको साथ चाहिएको बेला टोखा नगरलाई कसरी समृद्ध र स्वच्छ बनाउन सकिन्छ भन्ने सोचका साथ मैले उम्मेदवारी दिएकी हुँ ।’ उम्मेदवारी दर्ता गरेपछि थापाले भनिन् ।
देशभरि गठबन्धन गर्दा महिला उम्मेदवारको संख्या कम भइरहेको अवस्थामा टोखामा भने कांग्रेसले महिलालाई प्रमुख पदमा अघि सारेको हो ।
पार्टीका विभिन्न तहहरुमा रहेर काम गरिसकेकी थापा भन्छिन्, ‘समयसँग संघर्ष गर्न नसकेरपछि परेको अवस्थालाई हामी सबैले मिलेर अघि बढ्नु पर्छ ।’
प्रतिकृया दिनुहॊस