मुक्तिनाथ विकास बैंकद्वारा सानैदेखि बचत गर्ने बानीको विकास गर्न आह्वान (भिडियो)

मुक्तिनाथ विकास बैंकले बचत गर्ने बानीको विकासका लागि जनसचेतना फैलाउने उद्देश्यले सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। नानीदेखि नै बचत गर्ने बानीको विकास गर्दा भविष्यमा भैपरी आउने काममा सघाउ पुग्ने भिडियोको सन्देश छ।

भिडियोमा आमा र छोरीको अभिनयमार्फत पैसा बचत गर्नेबारे सन्देश दिइएको छ। भिडियोमा सुरुआतमै विश्वासका साथ चालिएका स–साना कदमहरुले आफूहरुलाई ठूलठूला गन्तव्यतर्फ डोर्याउने गरिएको सन्देश दिइएको छ।

भिडियोमा आमाले आउँदा पिँढीलाई आत्मनिर्भर बनाउन यस्तै साना–साना कदमहरुमा विश्वास गर्न सिकाउने गरेको कुरा रोचक ढंगले प्रस्तुत गरिएको छ। आशा, अठोर र आत्मविश्वास नै ठूलाठूला उडाउन सहयात्री हुन सक्ने भनिएको छ।

यस्ताे छ भिडियो:

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री