प्रदिप नेपाल

गृहमन्त्री खाण मनाङको बाढीपहिराे प्रभावित क्षेत्रमा

मनाङ। गृहमन्त्री बालकृष्ण खाणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीयरुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुनःनिर्माणका बारेमा जानकारी गराएका थिए। सोही अवसरमा गृहमन्त्री खाणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो। सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर …

पुरा पढ्नुहॊस »

तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ बिचौलिया काठमाडाैंबाट पक्राउ

उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडाैंबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ। विगतका वर्षहरुमा झैं चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ। यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको …

पुरा पढ्नुहॊस »

काठमाडौँ महानगरपालिकाले थाल्याे खसी-बोकाको परीक्षण, स्वस्थ पशु खरिद गर्न अनुराेध

काठमाडौँ महानगरपालिकाभित्रका चौपाया बजारका खसी, बोका, भेडा, च्याङ्ग्राको परीक्षण सुरु भएको छ। काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि संघीय सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो। परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङ्गमा हरियो रङ लगाएर परीक्षण …

पुरा पढ्नुहॊस »

कांग्रेसले यस वर्ष पनि चियापान समारोह नगर्ने

सत्तारुढ दल नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक पनि आयोजना नगर्ने भएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गत वर्ष झैं यो वर्ष पनि चियापान कार्यक्रम नहुने बताएको हो। कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपीलसमेत गरेको छ। कांग्रेसले विज्ञप्ति मार्फत भनेको छ,‘महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन्। स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली …

पुरा पढ्नुहॊस »

चीनले थप १० लाख मात्रा भेराेसेल खोप अनुदानमा दिने

चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ। चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो। छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताइन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले …

पुरा पढ्नुहॊस »

पाकिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १८ जनाकाे मृत्यु

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ। भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए। स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन्। बीबीसीले जनाए अनुसार तीमध्ये कतिपयको गम्भीर अवस्थामा …

पुरा पढ्नुहॊस »

वाग्मती प्रदेश सरकारले आइतबार विश्वासको मत लिने

वाग्मती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डले मुख्यमन्त्री शाक्यले आगामी आइतबार विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गर्ने जानकारी दिए। उनले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको जानकारी दिँदै आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको …

पुरा पढ्नुहॊस »

दशैंकाे मुखमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो, उपत्यकामा अब न्युनतम १८ रूपैंयाँ

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो। वाग्मती प्रदेशमा १३ जिल्ला छन्। काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म …

पुरा पढ्नुहॊस »

बडादसैँ आजदेखि सुरुः घटस्थापनाकाे शुभ साइत ११ः४६ बजे

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले ल्यायाे ‘पे रोल लोन स्कीम’, विनाधितो १५ लाखसम्म कर्जा पाइने

सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। लामो समयदेखि समय सापेक्ष सेवा प्रदान गर्दै आएको यस बैंकले यसपटक फरक किसिमको योजना सार्वजनिक गरेको हो। बैंकले विभिन्न संघ संस्था तथा कम्पनीमा आवद्ध कर्मचारीहरुले बिना झन्झट सहजरुपमा कर्जाको सुविधा पाउन् भन्ने किसिमले यस्तो खालको सुविधा सार्वजनिक गरेको बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आरती राणाले बताइन्। कुनै पनि संघ संस्था तथा फर्महरुमा कार्यरत कर्मचारीहरुको तलब बचतका लागि खोलिएको ‘सनराइज पे रोल …

पुरा पढ्नुहॊस »