प्रदिप नेपाल

कोरोनासँग लड्न विरामी स्वयंको दृढ आत्मबल मुख्य औषधि रहेछः कांग्रेस महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइएको छ। कोरोना संक्रमण भएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत खड्कामा निमोनिया पनि देखिएपछि रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइएको हो। खड्का आफैँले शुभचिन्तकहरूलाई ‘सीटीस्क्यानमा निमोनिया देखिएको र डाक्टरले रेम्डिसिभिर औषधि चलाएको’ जानकारी दिएका छन्। उनका अनुसार अक्सिजन लेभल (ब्लड स्याचुरेसन) भने ९७ प्रतिशत छ। खड्काले आफ्नो स्वास्थ्यमा कठिनाइ भने नदेखिएको जानकारी दिएका छन्। उनलाई निमोनियाका कारण औषधि चलाइएको हो। खड्काले …

पुरा पढ्नुहॊस »

पुँजी बजारको विकास र विस्तारबारे सरकारकाे ध्यानाकर्षण

नेपालको पुँजी बजारको विकास र विस्तारकाे माग राखी नेपाल इन्भेष्टर्स फोरमले सरकारको ध्यानाकर्षण गराएको छ। शेयर बजार निरन्तर घट्न थालेपछि विज्ञप्ति जारी गर्दै फोरमले बजारको विकास र विस्तार तथा विश्वसनीयता बढाउन सरकार समक्ष पाँच बुँदे माग राखेको हाे। पूँजी बजारको विकासका लागि विगतमा लगानीकर्ताले उठाएका माग समयमै सम्बोधन हुन नसकेकाले बजारमा नकारात्मक असर परेको फोरमका अध्यक्ष तुलसीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। “लगानीमैत्री नीति निर्माणमा जोड दिएर बजारप्रति जनताको आकर्षण …

पुरा पढ्नुहॊस »

उपत्यकाबाट २०७ जना पाकेटमार पक्राउ

नेपाल प्रहरीले चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्धमा चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई पक्राउ गरेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय …

पुरा पढ्नुहॊस »

गृह मन्त्रालयद्वारा प्रदेशगत अनुगमन टोली गठन

गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ। मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी …

पुरा पढ्नुहॊस »

टेलिकमकाे दसैँ अफरमा डाटा प्याकदेखि रिचार्जसम्ममा छुट

नेपाल टेलिकमले चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ। सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए। यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र …

पुरा पढ्नुहॊस »

कांग्रेस गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन

नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका छन्। त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए। उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो। आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए। नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए।

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः १ हजार संक्रमित थपिए, १ हजार ३० जना निको भए

नेपालमा आज १ हजार जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९८ हजार ४ जना र एन्टीजेन परीक्षणबाट ९२ हजार …

पुरा पढ्नुहॊस »

आइएमई पे र मिस युनिभर्स नेपाल-२०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ का प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे MUNÚ21 को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ। मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल MUN ले २०२१ का लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ । यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टोबर ३० मा सम्पन्न हुँदैछ भने अक्टोबर …

पुरा पढ्नुहॊस »

कति छ आज सुनचाँदीको मूल्य?

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सुन आइतबार दुई सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ८९ हजार ८०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ३५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज स्थिर छ। एक हजार १६० रुपैंयाँमा कारोबार भइरहेको छ।    

पुरा पढ्नुहॊस »

भारतले नेपाललाई दिन बाँकी काेभिसिल्डकाे दशलाख मात्रा दुईहप्ताभित्र ल्याइने

भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ। भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए। दाहालका अनुसार उक्त खोप दुई हप्ताभित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ। उनले भने, ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ, दशैं …

पुरा पढ्नुहॊस »