प्रदिप नेपाल

सुनको मूल्य चार सयले घट्यो, चाँदी स्थिर

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज चार सयले घटेको हो। यस हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ८९ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज स्थिर छ। …

पुरा पढ्नुहॊस »

प्रदेश नं २ काे अधिवेशन आज, मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ। असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो। सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र …

पुरा पढ्नुहॊस »

घटस्थापनाका दिनदेखि सर्वोच्चसहित देशभरका अदालतमा बिदा

सर्वोच्च अदालतसँगै देशैभरका अदालतहरू घटस्थापनाका दिन अर्थात् असोज २१ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म बिदा हुने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलबार बसेको पूर्णबैठकले सो निर्णय गरेको हो। बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ। न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको हो। सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए तापनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन। यसका लागि निश्चित …

पुरा पढ्नुहॊस »

हालसम्म दश जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

सत्तारुढ दल नेपाली कांग्रेसको दश वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस चौधौं केन्द्रीय महाधिवेशनको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुमपूर्वमा अधिवेशन सम्पन्न भएको हो। कांग्रेस महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा रुकुम, बारा र रसुवा गरी तीन जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद सहमति हुन नसकेको यादवको भनाइ छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दशैं अघिसम्म हिमाली जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्ने …

पुरा पढ्नुहॊस »

अब ठूलाे पानी पर्ने सम्भावना कम छः माैसम विभाग

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। यसैकारण मौसम बदली भइरहेको हो। बुधबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि …

पुरा पढ्नुहॊस »

गरिमा शर्माको अभिनयमा ‘तिमी मुस्कुराउँदा’ सार्वजनिक(भिडियोसहित)

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ। संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ। भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ। कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ। कुलेखानीका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन्। गरिमा र सुरजका …

पुरा पढ्नुहॊस »

दुई लाख घुस लिँदै गरेका सवइन्जिनियर कार्यालय परिसरबाटै पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ। कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ। आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

पुरा पढ्नुहॊस »

काेभिड-१९ः सरकारले सवा तीन करोड खोप ल्याउने निश्चित

केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ। विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, “केही दिनभित्रै कोभिसिल्ड आउने छ। अरू कम्पनीको खोप पनि आउँदैछन्।” मन्त्रालयको परिवार …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री शर्मा भन्छन्, ‘सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै मुख्य समस्या हाे’

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताएका छन्। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा मुलुकमा वित्तीय सुशासन र दिगो विकास लक्ष्यका अवस्थाबारे जानकारी दिँदै उनले अहिले सिर्जना भएको परिस्थिति सामना गर्न विकास लक्ष्य एवं योजनामा ठूलो सुधारको चुनौती र आवश्यकता औँल्याए। अर्थमन्त्री शर्माले भने, “विकास रणनीति, लक्ष्य निर्माण एवं कार्यान्वयन आफैंमा अन्तरविरोधी छन्, सरकार र मन्त्री परिवर्तन भएसँगै योजना र नीति …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा ‘नबिल दशैं धमाका’ अफर जारी

नेपालीहरुको महानचार्ड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ। यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन्। नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३०० सम्म क्यासब्याक पाउन सक्नेछन्। यो अफर घटस्थापनाको दिन लागू हुनेछ। त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म …

पुरा पढ्नुहॊस »