प्रदिप नेपाल

सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन्। बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका हुन्। खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन्। ‘रामचन्द्र दाई आउनुभएको छ। पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ,’ देउवाको सचिवालयका एक सदस्यले भने। डडेल्धुरामा सभापति देउवाले एकलौटीरुपमा वडा अधिवेशन …

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते जिल्लाका सबै वडामा वडाअधिवेशन गर्ने

नेपाली कांग्रेस काठमाडौं जिल्लाले असोज ५ गते काठमाडौंमा सबै वडाअधिवेशन गर्ने भएको छ। आज निर्वाचन अधिकृतसहित बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेकाे हाे। नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा आज जिल्ला कार्यालय ज्ञानेश्वरमा बैठक बसेर पार्टीले अधिवेशन प्रक्रिया सुरु गरेकाे हाे । शनिबारसम्म काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटिने गरि काम थालेकाे छ। काठमाडौं महानगरसहितका विभिन्न ११ वटा नगरपालिकाका गरि काठमाडौं जिल्लामा कूल एक …

पुरा पढ्नुहॊस »

आज १४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा ३० रुपैयाँको गिरावट

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज १४ सयले घटेको हो। यस हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो । आज छापावाला सुनको प्रतितोला ८९ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले …

पुरा पढ्नुहॊस »

काठमाडौँ उपत्यकामा हटेकाे छैन निषेधाज्ञा, यस्ताे छ पछिल्लाे आदेश

काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिकारीको समन्वय र सहमतिमा अर्काे सूचना जारी नभएसम्मका लागि उक्त आदेश कायमै रहने गरी निषेधाज्ञा जारी गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरि आर्थिक गतिविधिलगायत क्रियाकलाप सञ्चालन गर्न सक्नेगरि यसअघि नै आदेश जारी गरिएको थियो। आदेशमा अनावश्यकरुपमा मानिस जम्मा हुन, भिडभाड …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन आज, माधव नेपालले उद्घाटन गर्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम छ। सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रस्तावित समाजवादी प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिए। सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी …

पुरा पढ्नुहॊस »

विश्वकप क्रिकेट लिग–२: आज अमेरिका र नेपाल भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। आज अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ। यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ। यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जीत निकाल्ने दाउमा हुनेछ। यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको …

पुरा पढ्नुहॊस »

ताप्लेजुङकाे प्रसिद्ध पाथीभरा मन्दिर आजदेखि खुल्ला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुल्ला गरिएको छ। कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुल्ला गरिएको हो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाे र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुल्ला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुल्ला …

पुरा पढ्नुहॊस »

चीनबाट थप ४४ लाख मात्रा भेराेसेल खोप आज आउँदै

सरकारले खरीद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आउँदैछ। स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए। खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राति बेइजिङ उडेको थियो। खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए। ‘हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने । हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेको भन्दै …

पुरा पढ्नुहॊस »

लुम्बिनी बौद्ध विश्वविद्यालयमा एमाले निकट अनेरास्ववियुद्वारा तालाबन्दी

बुटवल, अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो। कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ। क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा पूरै शुल्क लिएको अनेरास्ववियुको आरोप छ। विद्यार्थीले आफ्नै साधन र स्रोत परिचालन गरि लिएको अनलाइन कक्षाको …

पुरा पढ्नुहॊस »

लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्सको कप्तानी गर्ने

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्। बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो। यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा लिइएको छ। लिग आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ। नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलेभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर …

पुरा पढ्नुहॊस »