पाकिस्तानमा ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १८ जनाकाे मृत्यु

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ।

भूकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केको सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

प्रारम्भिक रिपोर्टहरूका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको एक अधिकारीले बताए।

स्थानीय जीओ टेलिभिजनले जनाएअनुसार करिब ५० जना घाइते भएका छन्। बीबीसीले जनाए अनुसार तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा साङ्गीतिक कार्यक्रम आयोजना (फोटो फिचरसहित)

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी …

प्रतिकृया दिनुहॊस