प्रदिप नेपाल

एकीकृत समाजवादी निकट खेलकुद महासङ्घ गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ।आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो। नेकपा (एमाले) निकट उक्त महासङ्घ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासङ्घमा रहने निर्णय गरेका हुन्। आगामी कात्तिक १२ र १३ गते काठमाडौँमा राष्ट्रिय भेला गरिने महासङ्घको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ। …

पुरा पढ्नुहॊस »

लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाए। प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। “यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ। यसले मुलुकका अन्य …

पुरा पढ्नुहॊस »

‘तिम्रै हुन पाउँ’ भन्दै आइन् गायिका विन्दु परियार (भिडियाेसहित)

आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा कमल खत्रीको शब्‍द तथा संगीत रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्। सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन्। यसै भिडियोबाट विन्‍दुले अभिनयमा डेब्यु गरेकी हुन्। भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन …

पुरा पढ्नुहॊस »

आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषित

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ। सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो। उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः रू.४१,५०७/– र रू.४८,०२०/– नेपालमा रहेका आफन्तलाई पठाएका थिए। अफर अनुसार …

पुरा पढ्नुहॊस »

सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिशेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा …

पुरा पढ्नुहॊस »

इजरायल रोजगारीमा जानका लागि एक हजार ६०० जनाको नाम सिफारिस

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो। नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो। परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धन बैठक: सरकारलाई छिट्टै पूर्णता दिने सहमति

सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महेन्द्रराय यादवले जानकारी दिए। बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल भएको र छलफल भएका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिने सहमति भएको …

पुरा पढ्नुहॊस »

‘तमोरको सुसेली’ लिएर आए कथाकार लक्ष्मीकिशोर

नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार तथा शिक्षक नेता लक्ष्मीकिशोर सुवेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण सम्पन्न भएको छ। शिक्षाविद् तथा साहित्यकार खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए। सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुवेदी, लेखककी आमा र लेखक स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए। पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बन्ध र …

पुरा पढ्नुहॊस »

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जीत वा हारका रुपमा लिन नहुने बताएका छन्। सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्टदेखि नै एकतावद्धरुपमा अघि बढ्नुपर्ने बताए। आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष किशोर …

पुरा पढ्नुहॊस »

अफगानिस्तानमा मानवअधिकार सुनिश्चितताको माग, अधिकारकर्मीद्वारा प्रदर्शन

अफगानिस्तानका महिला तथा अल्पसंख्यकको आधारभूत अधिकारको पक्षमा ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डला, भक्तपुरको सूर्य विनायक चोक र पाटनको कृष्ण मन्दिरमा प्रदर्शन गरिएको छ। तालिबान सत्तामा आएपछि अफगानिस्तानका महिला, बालबालिका र अल्पसंख्यक समूहको मानवअधिकार हनन् भएकाले त्यसको सुनिश्चितताको माग गर्दै महिला हकहित तथा माधवअधिकारवादको क्षेत्रमा कार्यरत संघ–संस्थाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘अफगानी नागरिकप्र्रति नेपाली ऐक्यबद्धता’, ‘अफगानी महिलाको अधिकारी हाम्रो सरोकार’लगायत विभिन्न नाराअंकित ब्यानर लिएका थिए। यसअघि, महिला अधिकारका क्षेत्रमा कार्यरत समूह तथा …

पुरा पढ्नुहॊस »