लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ। लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन। ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ। अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको महानिर्देशक नमराज घिमिरेले बताए। उनले भने, “कम्पनीसँग कार्ड ल्याउने विषयमा कुराकानी भइरहेको छ।” चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार …
पुरा पढ्नुहॊस »डिशहोम फाइबरनेट सेवा भरतपुर र गैंडाकोटमा विस्तार
देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिएका छन्। नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगञ्ज र धनगढीमा पनि पुग्दैछ …
पुरा पढ्नुहॊस »सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा बढ्याे
साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक सयले घटेको हो। आइतबार एक सयले नै बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १८० रुपैंयाँमा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध
सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आइतबार आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे। साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए। महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर …
पुरा पढ्नुहॊस »राप्रपाकाे सक्रिय सदस्यता वितरण गर्ने म्याद थप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सक्रिय सदस्यता वितरण गर्ने म्याद थप गरेको छ। कार्तिक २७ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको राप्रपाले सक्रिय सदस्यता विवरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कार्तिक १० गतेसम्म थप गर्ने निर्णय गरेको हाे। आइतबार बसेको केन्द्रिय विशेष समितिको बैठकले सो निर्णय गरेको केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्राले जानकारी दिएका हुन्। बैठकले जिल्ला अधिवेशन गर्ने अवधि पनि कार्तिक १४ गतेसम्म थप गर्ने …
पुरा पढ्नुहॊस »यस्तो छ एन आई सी एशिया बैंकको डिजिटल दशैं योजना
समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ। ग्राहक महानुभावहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री …
पुरा पढ्नुहॊस »जनसङ्ख्याको चार प्रतिशत नागरिकमा मानसिक समस्या
नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ। राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो। तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन्। यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्। यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन्। स्वास्थ्य …
पुरा पढ्नुहॊस »नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदैछ। घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन स्कन्दमाताको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको पाँचौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ। पाँचौं दिन स्कन्दमाताको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र …
पुरा पढ्नुहॊस »‘तत्काल ई–टिकट लागू गर्नुस्’: मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल ई–टिकटिङ लागू गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आइतबार आयोजना गरिएको मन्त्रालय एवं अन्तर्गतका निकायका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मन्त्री आलेले नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिए। उनले भने, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस्, …
पुरा पढ्नुहॊस »जिप दुर्घटना हुँदा वालिङमा दुई जनाको मृत्यु
स्याङ्जाको वालिङ नगरपालिका–१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङबाट गल्याङ नगरपालिका–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नंको जिप कच्ची सडकबाट ५० मिटर तल खस्दा जिपमा सवार गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। जिपमा सवार १९ मध्ये दुई जनाको गह्रौँ …
पुरा पढ्नुहॊस »