राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएकाे ८८ दिन पछि आज मन्त्रिपरिषद्को विस्तार गरेका हुन्। विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा, स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव, भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले, संस्कृति, …
पुरा पढ्नुहॊस »दिल्लीमा कोभिड–१९ को खोप नलगाएका सरकारी कर्मचारीले कार्यालयमा प्रवेश नपाउने
दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ। संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो। डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ। सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनु पर्नेछ। “यदि …
पुरा पढ्नुहॊस »असोज २४ गतेका लागि वाग्मती प्रदेशसभाको अधिवेशन आह्वान
वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका हुन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौँ अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार वाग्मती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गरेको वाग्मती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले …
पुरा पढ्नुहॊस »अगस्ट महिनामा मलेसियामा बेरोजगारी दर घट्यो
मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ। गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन्। उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो। “कोरोना भाइरसको महामारीका कारण न्युन हुदै गएको आर्थिक गतिविधि पछिल्लो समय बढ्दै गएको छ, त्यसैले बेरोजगारी दर घटेको हो,” एक अधिकारीले भने। मलेसियामा खोप लगाउन योग्य मध्ये झण्डै ८८ प्रतिशतले खोप …
पुरा पढ्नुहॊस »मन्त्रिपरिषद् गठनः कुन मन्त्रालयकाे जिम्मा कसलाई?
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन्। नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन्। त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः ७६४ संक्रमित थपिए, १ हजार ३३ जना निको भए
नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ९९७ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ८३९ पुगेको …
पुरा पढ्नुहॊस »संसदमा एमालेकाे अवरोध आज पनि कायमै, अर्को बैठक असोज २५ गते
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ। बैठक प्रारम्भ हुनासाथ सदा झैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे। सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरेका थिए। उनले नेपालको संविधानको धारा १०५ को व्यवस्था र प्रतिनिधिसभा नियमावलीअनुसार सांसदलाई संयमित हुँदै प्रस्तुत हुन आग्रह गरेका थिए। उनले विधि प्रक्रिया सम्मत तरिकाबाट सदनमा आफ्ना धारणा राख्न आग्रह …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक–श्रीमान्’ छनोट
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान (को–हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट भएको छ। युरोपको जर्मनीस्थित १८ औँ टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९ औँ इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा सो चलचित्र छनोट भएको हो। दुवै देशमा असोज २७ देखि ३१ गतेसम्म हुने चलचित्र महोत्सवमा सो हलभित्र २९ गते प्रदर्शन हुने चलचित्रका निर्देशक गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार असोज १५ देखि …
पुरा पढ्नुहॊस »संस्कृति र परम्परा सबै जातजातिका साझा सम्पत्ति हुन्ः मुख्यमन्त्री शाक्य
वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छिन्। आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उनले दसैं, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवतकाे नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरिन्। मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति …
पुरा पढ्नुहॊस »सुनको मूल्य बढ्यो, चाँदी स्थिर
साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज दुई सयले बढेको हो। यस हप्ता सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। मंगलबार पाँच सयले बढेको सुन बुधबार चार सयले घटेको थियो। बिहीबार पाँच सयले बढ्यो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। …
पुरा पढ्नुहॊस »