गृहमन्त्री खाण मनाङको बाढीपहिराे प्रभावित क्षेत्रमा

मनाङ।

गृहमन्त्री बालकृष्ण खाणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन्। उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीयरुपमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुनःनिर्माणका बारेमा जानकारी गराएका थिए।

सोही अवसरमा गृहमन्त्री खाणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो।

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस