प्रदिप नेपाल

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ यात्रु घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आज दुर्घटना भएको छ। बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य …

पुरा पढ्नुहॊस »

आज ३९१ जनामा संक्रमण पुष्टि, ६८० जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ३९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ६ हजार ९६६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३८५ तथा १ हजार १११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार २७९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८१ हजार ४५६ …

पुरा पढ्नुहॊस »

छातिमा समस्या आएपछि क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। दम बढेपछि उनलाई अस्पताल लगिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। छातिमा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएकाे छ। उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। वैद्य लामो समयदेखि दमबाट पीडित छन्।  

पुरा पढ्नुहॊस »

भारतमा २२९ दिन यताकै सबैभन्दा कम सङ्क्रमित

पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ। यहाँ हाल ९८ः १० प्रतिशत व्यक्ति …

पुरा पढ्नुहॊस »

धनुषामा एक युवककाे हत्या, घटना रहस्यमय

जनकपुरधाम। नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिका एक युवकको घाँटी रेटेर हत्या भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिका–८ बस्ने २८ वर्षीय संजिज पण्डितको शव धनुषाको नगराईन नगरपालिका–५ स्थित गंगुलीबाट देवडिहा जाने बाटो घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको छ। शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि …

पुरा पढ्नुहॊस »

दसैंपछि खुलेकाे सेयर बजार दोहोरो अंकले उकालो, नेप्से १३.६३ अंकले वृद्धि

दसैँ बिदापछि आजबाट खुलेको सेयर बजारमा दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से १३ दशमलव ६३ अंकले बढेको हो। कारोबारको सुरुवाती समयबाट नै बढेको शेयर बजार कारोबारको अन्तिममा आएर १३.६३ अंकले बढ्दै २ हजार ६५३.०१ अंकमा पुगेको छ। आज कारोबारमा आएका २१८ कम्पनीको ४६ लाख १७ हजार ९४८ कित्ता शेयर १ अर्ब ४५ करोड ४१ लाख ३९ हजार २१८ रुपैयाँमा कारोबार भएको छ। यसमध्ये १०७ वटा कम्पनीको शेयर मूल्य बढेको …

पुरा पढ्नुहॊस »

गैरआवासीय नेपाली सङ्घको कार्यकाल छ महिना थप

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ। एनआरएनएको शनिबार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो। एनआरएनएको यथाशीघ्र छ महिनाभित्र अधिवेशन गर्नेगरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए। विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै छ महिना अवधि थप्न सकिने व्यवस्था छ। बैठकले एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचनको माहौल बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र …

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडकखण्डः चाैधकिलाेकाे सडक मर्मत तिहारपछि मात्र

चितवन। तीन वर्षअघि विस्तार भएकाे नारायणगढ-मुग्लिन सडक तीन ठाउँमा भासिएको छ। भासिएकाे मध्ये चाैधकिलाे क्षेत्रमा त मर्मतकाे काम सुरु नै भएकाे छैन। बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलाे क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएकाे छैन। चाैधकिलाे क्षेत्रमा वर्खामा भाँसिएकाे सडक मर्मतकाे काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताए। ‘मर्मतका लागि टेण्डर आह्वान भएकाे छ। तिहारपछि मर्मतकाे काम सुरु हुन्छ,’ उनले भने। चौधकिलो, …

पुरा पढ्नुहॊस »

व्यवसायिक अम्लिसो खेतीबाट राम्राे आम्दानी भएपछि किसान दंग

उदयपुर। उदयपुरको पहाडी क्षेत्रमा पर्ने एक दर्जन गाउँका सर्वसाधारण अहिले व्यावसायिक अम्लिसो खेतीमा लागेका छन्। भिरालो तथा पाखो बारीबाहेक अन्य कुनै जमिन नभएका जिल्लाको साबिक रौता, इनामे, आँपटार, सिरिसे, रुपाटार, नामेटार, हर्देनी, लिम्पाटार लगायतका गाउँका स्थानीयवासीले विगत केही वर्षयता व्यवसायिक रुपमा अम्लिसो खेती गर्दै आएका हुन्। वार्षिक १० पाथी मकै र कोदो नफल्ने पाखो बारीमा रोपेको अम्रिसोबाट ३५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी भएपछि अहिले यहाँका किसानहरू व्यावसायिक खेतीमा लागेका …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिममा सवारी दुर्घटना हुँदा दसैँभरमा नौ जनाको मृत्यु

असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ वटा छन्। यस्तै जीप, कार दुई, ट्र्याक्टर एक र बस एक छन् । चाडपर्वका समयमा …

पुरा पढ्नुहॊस »