सनराइज बैंकले ल्यायाे ‘पे रोल लोन स्कीम’, विनाधितो १५ लाखसम्म कर्जा पाइने

सनराइज बैंकले ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ। लामो समयदेखि समय सापेक्ष सेवा प्रदान गर्दै आएको यस बैंकले यसपटक फरक किसिमको योजना सार्वजनिक गरेको हो।

बैंकले विभिन्न संघ संस्था तथा कम्पनीमा आवद्ध कर्मचारीहरुले बिना झन्झट सहजरुपमा कर्जाको सुविधा पाउन् भन्ने किसिमले यस्तो खालको सुविधा सार्वजनिक गरेको बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आरती राणाले बताइन्।

कुनै पनि संघ संस्था तथा फर्महरुमा कार्यरत कर्मचारीहरुको तलब बचतका लागि खोलिएको ‘सनराइज पे रोल सेभिङ अकाउन्ट’ अन्तर्गतका ग्राहकलाई दिइने यो एउटा स्कीम हो। सनराइज बैंकमा पे रोल सेभिङ अकाउन्ट भएका ग्राहकहरुले मात्रै यो स्कीमको सुविधा पाउँछन्। पे रोल सेभिङ अकाउन्टमार्फत नै ग्राहकहरुले विभिन्न प्रयोजनका लागि कर्जा पनि लिन सक्छन्।

सनराइज बैंकले सनराइज पे रोल सेभिङ अकाउन्टमा आवद्ध ग्राहकहरुलाई मात्रै पे रोल लोनको सुविधा उपलब्ध गराउने जनाएकाे छ। अन्य खाता भएकाहरुका लागि भने यो सुविधा उपलब्ध छैन। उनीहरुले बैंका अन्य स्कीमहरुको नै सुविधा लिन सक्नेछन्। यस योजना अन्तर्गत ग्राहकले १५ लाख रुपैंयाँसम्म विनाधितो कर्जा पाउनेछन्। यो योजनामा सहभागी हुने ग्राहकले डेबिट कार्ड र मोबाइल बैंकिङको सुविधा पनि निःशुल्क पाउनेछन्।

यस योजना अन्तर्गत बीमाको सुविधा पनि रहेको छ। सनराइज पे रोल सेभिङ अकाउन्ट अन्तर्गत ग्राहकलाई बैंकले बीमाको सुविधा पनि प्रदान गर्नेछ। बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकलाई ५ लाख रुपैयाँसम्मको दुघर्टना बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (८० हजार रुपैयाँसम्म अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्म ओपीडीको सुविधा) उपलब्ध गराउने बताएको छ।

सनराइज बैंकको यो योजना अन्तर्गत न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो कर्जाको सुविधा पाइन्छ। डीसीईओ राणाका अनुसार ग्राहकको मासिक तलबका आधारमा नै कर्जा सुविधा निर्धारण हुन्छ। उदाहरणका लागि कसैको मासिक तलब २५ हजार रुपैयाँ छ भने उसले सनराइज बैंकको यो योजना मार्फत ६ लाख रुपैयाँसम्मको विनाधितो कर्जा सुविधा पाउन सक्नेछ।

सनराइज बैंकको सनराइज पेरोल सेभिङ अकाउन्टसँग आवद्ध भएका ग्रााहकलाई सहजरुपमा कर्जा उपलब्ध गराउनका लागि ल्याइएको प्रडक्ट हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण …

प्रतिकृया दिनुहॊस