प्रदिप नेपाल

प्रदेश नं २: मुख्यमन्त्री राउतले पाए विश्वासको मत, दुई तिहाइको समर्थन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत मागेका थिए। प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ। यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो। राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका …

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावितका लागि छुट्याईएको साधारण शेयर बाँडफाँट

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण शेयर आज बाँडफाँट गरेको छ। कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना अतिप्रभावित तथा आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँट गरेको …

पुरा पढ्नुहॊस »

कांग्रेस प्रतिनिधिमण्डल भाेलि भारत भ्रमणमा जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ। सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो। भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा जान लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसियासमेत रहेका छन्। भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च …

पुरा पढ्नुहॊस »

ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको गच्छदारको दावी

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गरेका छन्। बुधबार गृह जिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनीसमेत दिए। उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्धा दर्ता गराएको आरोपसमेत लगाए।

पुरा पढ्नुहॊस »

आज रातिबाट डिभी खुल्दै, घरबाटै निःशुल्क भर्न सकिने

सन् २०२३ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन बुधवार राति पौने १० देखि खुल्ला हुने भएको छ। अमेरिकी राजदूतावास–नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हाे। डिभीका लागि कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने छ। जसका लागि ६ महिनाभित्र खिचिएको फोटो र राहदानी अनिवार्य छ। डिभी भर्नका लागि https://dvprogram.state.gov/ मा गएर निःशुल्क रूपमा फारम भर्न सकिने छ। आवेदन दिनका लागि निम्न कुराहरू आवश्यक पर्नेछ : १. आवेदनमा आफ्नो परिवारका …

पुरा पढ्नुहॊस »

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा उद्घाटन

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा उद्घाटन गरेको छ। जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरीएको हो। यी शाखाहरूबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ । दुई वटै शाखाको समुदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः १ हजार ४३ संक्रमित थपिए, ८९१ जना निको भए

नेपालमा आज १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ। चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९९ हजार ६१५ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ६५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या …

पुरा पढ्नुहॊस »

नेकपा महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्‍द विप्लवबीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच आज भेटवार्ता भएको हो। भेटमा मुलुकको पछिल्‍लो समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ।

पुरा पढ्नुहॊस »

भारतमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिना यताकै कम

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ। अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्। सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ …

पुरा पढ्नुहॊस »

यसपटक आफू सभापति पदमा लड्ने कांग्रेस नेता सिंहकाे घाेषणा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपालि आफू सभापति पदमा लड्ने बताएका छन्। नेपाली कांग्रेस नागार्जुन नगर समितिले आज आयाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै नेता प्रकाशमान सिंहले यसपालि आफू सभापति पदमा लड्ने बताएका हुन्। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?,’ आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘के हामी सधैं अरुकाे झोला मात्रै बोकेर …

पुरा पढ्नुहॊस »