वाग्मती प्रदेश सरकारले आइतबार विश्वासको मत लिने

वाग्मती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डले मुख्यमन्त्री शाक्यले आगामी आइतबार विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गर्ने जानकारी दिए।
उनले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको जानकारी दिँदै आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको बताए।

बागमती प्रदेशको हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो।

प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकमा टेबुल गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ। नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

प्रदेश सभामा एमालेको ५५ जना प्रदेश सभा सदस्य रहेकोमा विभाजनपछि १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको बागमती प्रदेश सभालाई जानकारी गराइसकेको छ।गाेरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस