प्रदिप नेपाल

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »

अष्ट्रेलियामा सीमानाका खुल्ला, काेराेनाविरूद्धकाे खाेप अनिवार्य

अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ। फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका हुन्। कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरेको देशमा पर्दछ। “झण्डै दुईबर्षपछि विदेशबाट …

पुरा पढ्नुहॊस »

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार शेयर बजारमा वृद्धि भएको छ । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो । सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमाबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा …

पुरा पढ्नुहॊस »

न्याय परिषद्को बैठक स्थगित

आजका लागि बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ। न्यायपरिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो। सचिवालयका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो।

पुरा पढ्नुहॊस »

बालाजुको लोलङ हाइटमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। माघ २३ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्ट्रिक ट्रेडर्सले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य …

पुरा पढ्नुहॊस »

बुटवलमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा पाँच विद्यार्थी घाइते

मूल्यवृद्धिविरुद्धको आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच बुटवलमा झडप भएको छ। झडपमा पाँच जना विद्यार्थी घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो। कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानरसमेत प्रदर्शन गरेका थिए। विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो। लुम्बिनी प्रदेशका …

पुरा पढ्नुहॊस »

३ वटा कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमवार (आज) ३ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। शेयरमूल्य समायोजन हुने कम्पनीको लाईफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स लिमिटेड रहेका छन् । उक्त कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । लाईफ इन्स्योरेन्स कम्पनीको आइतबार कायम अन्तिम शेयरमूल्य २ हजार ३३२ रुपैयाँको आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ९४३ रुपैयाँ …

पुरा पढ्नुहॊस »

कमल थापा पक्षको छुट्टै भेला

राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ। चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन्। महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ।

पुरा पढ्नुहॊस »

भारतमा एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन्। एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ। कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रिय संक्रमित छन् भने कोभिडबाट निको हुने दर …

पुरा पढ्नुहॊस »