यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।

कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्युनतम ७ बर्षदेखि अधिकतम २५ बर्षसम्मको अवधि कायम गरि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस