न्याय परिषद्को बैठक स्थगित

आजका लागि बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ। न्यायपरिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो।

सचिवालयका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस