भारतमा एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन्। एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ। कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रिय संक्रमित छन् भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ। त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ।

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो। योसँगै भारतले कोभिडविरुद्ध ९ वटा खोपलाई मान्यता दिएको छ।एजेन्सी

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस