प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
पुरा पढ्नुहॊस »नेपाल लाइफ सदावहार जीवन बीमा योजना, यस्ता छन् विशेषता
विगत २१ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरि आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समयसापेक्ष उत्कृष्ट किसिमका जीवन बीमा योजनाहरू ल्याएर थप लोकप्रियता कायम गर्न सफल भएको छ । यस्तै लोकप्रिय अग्रिम भुक्तानी तथा आजीवन विशेषता समाहित जीवन बीमा योजना मध्येको नेपाल लाइफ सदावहार जीवन बीमा योजना एक हो । आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरि जिन्दगीभर ढुक्क …
पुरा पढ्नुहॊस »रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेण्डर आह्वान
ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले सोमबार आह्वान गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरि प्रसताव मागकाे सूचना जारी गरेको हो। महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो। यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वान गरिएको छ। सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय …
पुरा पढ्नुहॊस »जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ । माघ २१ गतेदेखि निष्काशन तथा विक्री खुल्ला गरेको आईपिओमा आवेदन दिने आज (बैकिङ समय पश्चात) अन्तिम दिन रहेको हो। लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपिओ जारी गरेको थियो । लघुवित्तले निष्कासन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई र २६ हजार १०० …
पुरा पढ्नुहॊस »राष्ट्र उत्थान लघुवित्तको आईपिओ फागुन ४ गतेदेखि खुल्ने
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीले फागुन ४ गते बुधबारदेखि आईपिओ विक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको हो । कम्पनीले विक्री खुल्ला गर्ने शेयरमध्ये १३ हजार कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र कुल ४२ हजार ५०० …
पुरा पढ्नुहॊस »माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक माघ २८ र २९ गते
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक माघ २८ र २९ गतेका लागि बोलाइएको हो। कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यसपटक भौतिकरुपमा नै बस्न लागेको हो। बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ। गत पुसमा आठौँ …
पुरा पढ्नुहॊस »धनगढीमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन
धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न यस सोरुमको सञ्चालन गरिएको हो। सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ …
पुरा पढ्नुहॊस »कुमारी बैंकको कामु सिइओमा रामचन्द्र खनाल नियुक्त
कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिइओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनले माघ २५ गते मंगलबारदेखि लागू हुने गरि जिम्मेवारी सम्हाल्ने छन्।
पुरा पढ्नुहॊस »बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज आइपुग्यो
बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ। नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन्। ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ। आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ।’ बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको …
पुरा पढ्नुहॊस »१ हजार ५७० संक्रमित थपिए, ६ हजार १४६ जना निकाे भए
पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ वटा नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ७ हजार ८७४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२ जनामा र ३ हजार ४९१ जनामा एन्टिजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ४० हजार १११ रहेको छ। …
पुरा पढ्नुहॊस »