नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार शेयर बजारमा वृद्धि भएको छ । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो ।

सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमाबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी रहेका १० वटा समूहको परिसूचक बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्क्चर बैँक लिमिटेडको ४९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस