३ वटा कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमवार (आज) ३ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। शेयरमूल्य समायोजन हुने कम्पनीको लाईफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स लिमिटेड रहेका छन् ।

उक्त कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । लाईफ इन्स्योरेन्स कम्पनीको आइतबार कायम अन्तिम शेयरमूल्य २ हजार ३३२ रुपैयाँको आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ९४३ रुपैयाँ तोकेको छ। यसवर्ष लाईफ इन्स्योरेन्स कर्पोरेशनले बोनससँगै कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश पारितका लागि कम्पनीले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । त्यस्तै, ज्योति लाईफ इन्स्योरेन्सको आइतबार कायम अन्तिम शेयरमूल्य ७१५ रुपैयाँको आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य ६५० रुपैयाँ तोकेको छ । ज्योति लाईफ इन्स्योरेन्सले बोनससँगै कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांशसमेत वितरणको प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव कम्पनीले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा प्रयोजनका लागि ज्योति लाईफ इन्स्योरेन्सले आज एक दिन बुक क्लोज गरेको छ।

जानकी फाइनान्सको १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको छ। कम्पनीको आइतबार कायम अन्तिम शेयरमूल्य ६७७.१० रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ५८८.७८ रुपैयाँ तोकेको छ। जानकी फाइनान्सले उक्त लाभांश पारितका लागि फागुन ७ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा प्रयोजनका लागि माघ २४ गते (आज) देखि फागुन ६ गतेसम्म बुक क्लोज गरेको छ ।

माघ २३ गते आइतबारसम्म कायम शेयरधनीले मात्र उक्त कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस