अष्ट्रेलियामा सीमानाका खुल्ला, काेराेनाविरूद्धकाे खाेप अनिवार्य

अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ। फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका हुन्।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरेको देशमा पर्दछ।

“झण्डै दुईबर्षपछि विदेशबाट आउने पर्यटकहरुलाई प्रवेश दिने निर्णय भएको हो,” प्रधानमन्त्री मोरिसनले भने । राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिए।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस