प्रदिप नेपाल

नेप्सेमा पहिराे : ९९.८६ अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार राताम्मै भएर बन्द भएको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक …

पुरा पढ्नुहॊस »

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपालमा

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्नका लागि मौरिससको टिम नेपाल आइपुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ। खेल हुने समय भने बताइएको छैन। दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन। पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएकाे छ। यस्तै, सरकारले …

पुरा पढ्नुहॊस »

मेराे भनाइलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरियाे : यातायातमन्त्री यादव

जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्। …

पुरा पढ्नुहॊस »

आजदेखि माघ १६ गतेसम्म सहिद सप्ताह मनाइँदै

आजदेखि सहिद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहुति दिएका सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदानको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ। २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो। प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो। सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० …

पुरा पढ्नुहॊस »

एक साताका लागि बन्द भयाे सदर चिडियाखाना

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएकाे छ। लामो समयसम्म बन्द भएर विगत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशन अनुसार आइतबारदेखि लागू हुने गरि चिडियाखाना बन्द गरिएको प्रमुख रचना शाहले जानकारी दिइन्। उनका अनुसार अवस्था हेरेर एक सातापछि पुनः सञ्चालनमा ल्याइनेछ।

पुरा पढ्नुहॊस »

साेमबार सुनचाँदीकाे भाउ स्थिर

साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको भाउ स्थिर छ। साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ। साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ। यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ। साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ।  

पुरा पढ्नुहॊस »

पर्यटनमन्त्री प्रेम आले कोरोना मुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन्। मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

पुरा पढ्नुहॊस »

नेपालमा देखिएका संक्रमित मध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट

नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

पुरा पढ्नुहॊस »

काेराेना अपडेट : थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ। मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ …

पुरा पढ्नुहॊस »

टेकु अस्पतालका ५० जना स्वास्थ्यकर्मी काेराेना संक्रमण

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ। कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ।

पुरा पढ्नुहॊस »