डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट सेवा दिने भएको छ । डिशहोमले हाईस्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो । नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्नेछन् । डिशहोमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्ट स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । …
पुरा पढ्नुहॊस »फिफा वरीयतामा नेपालको दुई स्थान सुधार
अघिल्लो साता माेरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ। बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औं स्थानमा रहेको हो। यसअघिको वरीयतामा नेपाल १६९औं स्थानमा थियो। दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ। भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ। भारत १०४औं र माल्दिभ्स १५७औं स्थानमा छ। नेपालभन्दा तल भुटान, …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ। दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरि सुरु भएको हाे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए। समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन्। स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा …
पुरा पढ्नुहॊस »शेयर बजारमा आज पनि गिरावट, ११.९६ अंकले घट्यो नेप्से
कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । बुधबार २२ दशमलव ११ अंकले घटेकोे बजार आज पनि ११ दशमलव ९६ अंकले घटेको छ । बिहीबार २२७ वटा घितोपत्रको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बिहीबार १३ …
पुरा पढ्नुहॊस »स्वास्थ्य चौकी र धार्मिक समितिलाई ज्योति विकास बैंकको सहयोग
ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग गरेको छ। बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत कोहलपुर नगरपालिका वडा नं.१५ स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ। शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर के.सीले उक्त नगरका …
पुरा पढ्नुहॊस »एसईई वैशाख ९ गतेदेखि हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए। स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ। कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै …
पुरा पढ्नुहॊस »२ हजार ४०१ संक्रमित थपिए, ७ हजार ७७७ निकाे भए
पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ वटा नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ११ हजार ६०३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५१ जनामा र ४ हजार ७५३ जनामा एन्टिजेन परीक्षण गर्दा ५५० जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ३० हजार २४१ रहेको छ। …
पुरा पढ्नुहॊस »आज पनि घट्यो नेप्से, २२.११ अंकको गिरावट
साताको चौथो दिन बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार आज २२ दशमलव ११ अंकले घटको हो । बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बुधबार १३ वटै समूहको …
पुरा पढ्नुहॊस »भारतमा एकदिनमै थपिए ७१ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन्। सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ …
पुरा पढ्नुहॊस »निर्वाचन लक्षित बजेटबारे गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच छलफल
गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ। गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरि सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए। सहसचिव डा. भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ। छलफलमा …
पुरा पढ्नुहॊस »