शेयर बजार : १६.३० अंकले घट्यो नेप्से

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार शेयर बजारमा गिरावट आएको छ। सोमबार १५ दशमलव ६९ अंकले बढेको बजार आज १६ दशमलव ३० अंकले घटेको हो।

मंगलबार २३० वटा घितोपत्रको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मंगलबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै परिसूचकमा गिरावट आएको छ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३५ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस