१ हजार ९५७ संक्रमित थपिए, ५ हजार १०३ जना निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ वटा नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जनामा र ४ हजार १०५ जनामा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार १८१ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस