प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक स्थगित भएको हो । सरकारको आग्रहमा बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ। फागुन २ गते दिउँसाे १ बजे बैठक बस्ने छ।
संसद् सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् भने गठबन्धन दलहरुबीच सहमति हुन सकेको छैन ।
तपाईंको प्रतिकृया




