बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १७ लाख ४२ हजार ८७७ जरिवाना गरेपछि फरार रहेकी काठमाडौँ टोखा नगरपालिका–३ धनेश्वरकी ४१ वर्षीया अम्बिका बुढाथोकीलाई आज ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।

व्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको ०७८ कात्तिक २३ गतेको फैसलापछि ६ दिन कैद र बिगो बमोजिम १७ लाख ४२ हजार ८७७ जरिवाना ठहर गरेपछि फरार रहेकी बुढाथोकीलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकी बुढाथोकीले आफ्नो सिद्धार्थ बैंक लिमिटेड धनेश्वर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारि चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् । उच्च अदालतले पक्राउ परेकी बुढाथोकीलाई बैँकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार उल्लेखित सजाय हुने गरि फैसला सुनाएको थियो ।

पक्राउ परेकी बुढाथोकीलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य