नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो।
फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरि उनीहरुको सरुवा भएको हो।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।
प्रतिकृया दिनुहॊस