सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए।
सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो।
भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो।
प्रतिनिधि सभाको भाेलिकाे बैठककाे कार्यसूची सार्वजनिक
भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
यस्तै, सभामुख अग्नि सापकोटाले सभासद् जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्नेछन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो।




