खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०% क्यास ब्याक अफर ल्याएकाे छ। समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्नु पर्ने स्थितिको विचार पुर्याउँदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ। प्रयोगकर्ताले १०% क्यास ब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड NATIONAL100 प्रयोग गरि प्राप्त गर्न सक्नेछन्। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ‘खल्ती’ बाट यस …
पुरा पढ्नुहॊस »आज नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँ : सञ्चारमन्त्री कार्की
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली कांग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ। एमालेले संसदमा जारी राखेको अवरोध हटाउने र संसदमा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारे नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि टोली बालकोटबाट बाहिरिएको हो । दुई पक्षबीच वार्ता सहमति हुने अवस्था सिर्जना भएको भए …
पुरा पढ्नुहॊस »१५५ काेराेना संक्रमित थपिए, ५४० जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा १५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १५५ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५४० जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप २ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३४ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ८३९ जना सक्रिय …
पुरा पढ्नुहॊस »एमालेले कारबाही गरेका १४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद् सुचारु हुन नदिने बताएका छन्। आसन्न निर्वाचनलाई केन्द्रित गरि एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन्। देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दावी गरे। एमाले विगतको एकीकृत पार्टी नेपाल …
पुरा पढ्नुहॊस »महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो। फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरि महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती …
पुरा पढ्नुहॊस »एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा यस बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट …
पुरा पढ्नुहॊस »महोत्तरीमा शंकास्पद वस्तु फेला, घट्नास्थल सिल
महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ। नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ। वरपर बस्तीसमेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए। झोलाभित्र कुकर र तारहरुसमेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ। अचानक नगरपालिकानजिकै …
पुरा पढ्नुहॊस »गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन्। जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसीसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए। विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन …
पुरा पढ्नुहॊस »हामीले सहिदको योगदानलाई भुल्नु हुँदैन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन्। तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन्। स्व. विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनु पर्नेमा जोड दिँदै नेता पौडेलले भने, “सहिदको परिवारलाई कांग्रेसले सधैं सम्मान गर्छ।” फरक प्रसङ्गमा विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भए पनि अहिले चीनको …
पुरा पढ्नुहॊस »बालकोटमा देउवा-ओली भेटघाट
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । शुक्रबार साँझ ओलीलाई भेट्न देउवासहितका कांग्रेस नेताहरु बालकोट पुगेका थिए । कांग्रेस सभापतिसमेत रहेका देउवा पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका थिए। सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल …
पुरा पढ्नुहॊस »