प्रतिनिधिसभा बैठक सुरु भएकाे छ। दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरि ३ बजे सुरु भएकाे हाे । बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन्। आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ।
पुरा पढ्नुहॊस »संसद् बैठक सुरू, एमसीसीमाथि छलफल हुँदै
प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घन्टा ढिलाे गरि सुरू भएकाे हाे। आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने प्रस्ताव पेस गरेका छन् । अहिले यसमाथि छलफल भइरहेकाे छ ।
पुरा पढ्नुहॊस »कार्यव्यवस्था परामर्श समितिकाे बैठक जारी
प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक ढिला गरि सुरु भएको हो । आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हाे ।
पुरा पढ्नुहॊस »महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा
भगवान् पशुपतिनाथ विराजमान पाशुपत क्षेत्रमा आगामी मङ्गलबार हुने महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले आज पत्रकार सम्मेलन गरेर पर्वलाई व्यवस्थित ढङ्गले सुसम्पन्न गर्न सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको जनाएको हो। कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार व्यवस्था उपसमितिका संयोजक नारायणप्रसाद सुवेदीले कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य …
पुरा पढ्नुहॊस »आगामी निर्वाचनमा एमाले पहिलो दल बन्छ : ईश्वर पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन्। बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय उद्घाटन गर्दै उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए। उनले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे। प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्वव खरेलले …
पुरा पढ्नुहॊस »बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।
पुरा पढ्नुहॊस »सहकारीका लागि १६ प्रतिशत ब्याजदर आजदेखि लागू
सहकारी सङ्घसंस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ। सहकारी विभागले सहकारी सङ्घसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, ०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ। सूचनामा सबै सहकारी सङ्घसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरि बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरि र बचत तथा ऋणको कारोबार गर्ने …
पुरा पढ्नुहॊस »बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ
नेपाल प्रहरीले एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गएराति पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि …
पुरा पढ्नुहॊस »६ जिल्लामा आज कांग्रेसकाे अधिवेशन
सत्तासीन नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ। सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए।
पुरा पढ्नुहॊस »आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ सम्बन्धी सम्झौता
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र दराजवीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १०% छुट (रु. ३५० र रु. …
पुरा पढ्नुहॊस »