नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले इनरुवामा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ। फागुन १४ गतेदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको संचालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक विपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो । खुस्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश …
पुरा पढ्नुहॊस »रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु
युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा १४ बालबालिका पनि छन्। रुसी हमलामा ११६ बालबालिकासहित १ हजार ६८४ सर्वसाधारण घाइते भएका छन्। तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन। त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ। रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो। युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए …
पुरा पढ्नुहॊस »कांग्रेसको ६ जिल्लामा आज अधिवेशन जारी
नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ। अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो। क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो। पार्टीले दिएको निर्देशन अनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए। निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान …
पुरा पढ्नुहॊस »नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको डिस्पोजल टोलीद्वारा निष्क्रिय
नयाँ बानेश्वरमा राखिएकाे बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिरहेकाे छ। संसद् भवन नजिकै शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइनुका साथै सर्वसाधारणलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रहरीका अनुसार अहिले नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको सडकलाई खाली गराइएको छ। यस रुटमा चल्ने गाडीलाई नयाँ बानेश्वर र तीनकुनेबाट डाइभर्सन गरिएको छ। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे।
पुरा पढ्नुहॊस »संसदबाट एमसीसी सम्झौता अनुमोदन
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अर्काे बैठक फागुन १८ गते बस्नेछ ।
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंक र त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागबिच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबिच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले हस्ताक्षर गरे। समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने …
पुरा पढ्नुहॊस »एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित, आजै अनुमोदन गर्ने तयारी
सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ। एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो। अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गरेका थिए। त्यस लगत्तै विभिन्न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ। फागुन ८ …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः १११ जनामा संक्रमण पुष्टि, ४१५ निको भए
पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पिसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरि १११ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ४१५ जना कोरोना संमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ रहेको छ । …
पुरा पढ्नुहॊस »एमसीसीमाथि सैद्धान्तिक छलफलः पक्ष र विपक्षमा सांसदको मत विभाजन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको विकासका लागि आएकाले एमसीसी सम्झौता नेपालको हितमा रहेको बताएका छन्। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उहाँले लोसपा एमसीसी सम्झौता अनुमोदनका पक्षमा रहेको बताए। गरिबी निवारण, जीवनस्तर सुधार र पूर्वाधार निर्माणका लागि नेपाल सरकारको आग्रहमा नै नेपाल र अमेरिकाबीच एमसिसी सम्झौता भएको उल्लेख गर्दै उहाँले अमेरिकी …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक ७ दशमलव ७३ अंकले घट्यो
आइतबार (आज) नेप्से सामान्य अंकले घटेको छ। गत साताको अन्तिम दिन बिहीबार ५८ दशमलव ९९ अंकले घटेर बन्द भएको बजार आइतबार ७ दशमलव ७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० बिन्दुमा झरेको छ। आइतबार २ हजार २९४ वटा धितोपत्रको ७० लाख ४० हजार ५६३ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। …
पुरा पढ्नुहॊस »