प्रदिप नेपाल

कृषि विकास बैंकको रतुवामाई शाखाद्वारा नगरबासीहरुको निःशुल्क बैंक खाता

गोपेश्वर महादेव मन्दिर रतुवामाई १०, सोमबारेद्वारा फागुन ११ गतेदेखि मिति १८ गतेसम्म आयोजना हुने श्री अग्नी महापुराण तथा धान्याञ्चल नवाह ज्ञान महायज्ञ पुराणमा कृषि बिकास बैंक लि. शाखा कार्यालय रतुवामाई सोमबारेले स्थानीय नगरबासीहरुलाई लक्षित गरि मन्दिर परिसरभित्र स्टल राखि बैंकको ब्यवसाय अभिबृद्धि गर्नका लागि बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधाहरुको प्रचार प्रसार गर्ने कार्य गर्दै आएको छ। उक्त अवसरमा कार्यालय प्रबन्धक जिरन बुढाथोकीले नेपाल सरकारको बजेट तथा कार्यक्रममा उद्घोष गरे …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच द्विपक्षीय सम्झौता

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लिसँग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको …

पुरा पढ्नुहॊस »

काम नलाग्ने नोट नष्ट गर्न राष्ट्र बैंकले ल्याएकाे अत्याधुनिक मेसिन सञ्चालनमा

नेपाल राष्ट्र बैंकले काम नलाग्ने पुराना नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन संचालनमा ल्याएको छ। यसअघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएकोमा अब भने मेसिनले थाेत्रा नोटहरू नष्ट गरिने भएकाे छ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको हाे। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर शुभारम्भ गरेका हुन् …

पुरा पढ्नुहॊस »

२७५ काेराेना संक्रमित थपिए, ५५५ जना निको भए

नेपालमा पछिल्लो २४ घण्टामा २७५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ८ हजार ६२८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २७५ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५५५ जनाले संक्रमण जितेका छन्। सोही अवधिमा नेपालमा थप एक संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९३२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित …

पुरा पढ्नुहॊस »

भारतमा एकैदिन १३ हजार नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ। त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख …

पुरा पढ्नुहॊस »

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन् भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ। इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ। भूकम्पका कारण आँधीको सम्भावना भने नरहेको जनाइएको छ। भूकम्पले पारेको असर सम्वन्धी दृश्यहरु सञ्चार माध्यम तथा सामाजिक …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलमा सुरक्षा त्रुटीबारे छानबिन गर्न गृहद्वारा समिति गठन

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसाविना नै एक व्यक्ति पुगेको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएकाले यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै गृहले शुक्रबार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई काम थालेको मितिदेखि सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा …

पुरा पढ्नुहॊस »

विश्व बैंकले नेपाललाई २ अर्ब १४ कराेड ऋण दिने

नेपाल र विश्व बैंकबीच आज एक सम्झौतापत्रमा हस्तक्षार भएको छ। सम्झौता अनुसार विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा पत्रमा नेपालका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए। उक्त सहयोग …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा जानेको पिसीआर परीक्षण निःशुल्क

वैदेशिक रोजगारीमा जाने सबै कामदारहरूको पिसीआर परीक्षण निःशुल्क हुने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए। अबदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरूका लागि निःशुल्क पिसीआर परीक्षण हुने उनले बताए। तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

पुरा पढ्नुहॊस »

आईएमई पे स्क्यान गरि किराना सामान किन्दा १० प्रतिशत छुट

आईएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ। आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो। स्टोरहरुमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आईएमई पेले ‘स्क्यान एनी क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान …

पुरा पढ्नुहॊस »