प्रदिप नेपाल

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने झन्झटबाट मुक्ति

खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा १०० रूपैयाँ बोनस पाउने अफर ल्याएको छ। यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो। हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो KYC प्रमाणित गर्नुपर्छ। यो अफर चैत्र ९ गते २०७८ देखि बैशाख ८, …

पुरा पढ्नुहॊस »

कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता …

पुरा पढ्नुहॊस »

नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ नियुक्त

नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन्। तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको …

पुरा पढ्नुहॊस »

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी भएन

सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो। कामु प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। कारण देखाउ आदेश जारी गरे पनि अन्तरिम आदेश भने आएन। सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ३७६ नमुना परीक्षणमा ३८ नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २६९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ९७ हजार ३०६ रहेकाे छ। काठमाडाैं उपत्यकामा १३ जना थपिएका छन् । जस मध्ये काठमाडाैंमा मात्र १३ जना थपिँदा ललितपुर र …

पुरा पढ्नुहॊस »

संगठित सदस्य ८ लाख ५५ हजार पुगेकाे एमालेको दाबी

एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुणा बढेको दाबी गरेका छन्। कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन्। ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुणा बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

पुरा पढ्नुहॊस »

शेयर बजार : २० दशमलव ३४ अंकले घट्यो नेप्से

बुधवार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार र मंगलबार निरन्तर दोहोरो अंकले बढेको बजार आज २० दशमलव ३४ अंकले घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको हो। बुधवार २२६ वटा धितोपत्रको ३९ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। त्यस्तै, १३ वटा समूहमध्ये व्यापार समूह र …

पुरा पढ्नुहॊस »

सर्भरमा समस्या देखिएपछि देशभरका यातायात कार्यालयको सेवा बन्द

देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो। विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए। यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको …

पुरा पढ्नुहॊस »

उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनु पर्नेमा महामन्त्री थापाको जोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनु पर्ने बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनु पर्ने बताएका हुन्। नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उनले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए। …

पुरा पढ्नुहॊस »

केपी ओलीकाे दाबी, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन्। एमालेको बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए। एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए। एमालेको काँधमा आजका समस्या र चुनौतीको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारासमेत रहेको उनले बताए। ‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ। एमाले देशको प्रमुख राजनीतिक पार्टी …

पुरा पढ्नुहॊस »