कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो। जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट आज अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ कानुन व्यवसायीले बहस गरेका अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं । अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि प्रदर्शन नहुने जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस