प्रदिप नेपाल

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरे । ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमा पनि बैंकले नेपालमा रहेका बिभिन्न …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा दिगोपन प्रवर्द्धनका लागि बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ । नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको विस्थापन गरि वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो । हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा …

पुरा पढ्नुहॊस »

नेपाल र चीनबीच ९ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धित अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धित अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। आज हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको …

पुरा पढ्नुहॊस »

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा

सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन्। शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरि विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्। अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हाे। त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बाँस्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्। उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन्। त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित …

पुरा पढ्नुहॊस »

ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग गर्याे: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्। नुवाकाेटकाे शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।” ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो। प्रवक्ता महतले सो आयोजनाको रकम …

पुरा पढ्नुहॊस »

मानिसको मानसिकतामा परिवर्तन नभएसम्म समाज परिवर्तन हुँदैन : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएकी छिन्। सिजन मिडियाद्वारा आज राजधानीमा आयोजित ‘दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ वितरण समारोहमा बोल्दै उनले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पुर्याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएका हुन् । मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरि बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन्। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए। उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा …

पुरा पढ्नुहॊस »

शब्दयात्रा प्रकाशन काभ्रेले गर्याे विभिन्न क्षेत्रका सर्जकहरुलाई सम्मान

प्रदिप केसी शब्दयात्रा प्रकाशन काभ्रेले एक समारोहका बीच विभिन्न सर्जकहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले शब्दयात्रा प्रकाशनले सम्मानित सर्जकहरुलाई महत्वपूर्ण आयाम र प्रेरणा मिलेको महसुस गर्दै न्यायोचित सम्मान भयो भने लेखक र विभिन्न विधामा सम्मानित हुने व्यक्तित्वहरुको आत्माले सन्तुष्टि पाउने उल्लेख गरे । उनले अहिले राज्यको हर क्षेत्रमा अनुशासन हराउँदै गएको महसुस गर्दै मानिसहरुमा अहमता भाव पैदा भएकोले समाज नकारात्मक दिशातिर …

पुरा पढ्नुहॊस »

मन्त्री कार्कीले भने, ‘आवश्यकताका आधारमा गठबन्धन हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा आज कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुने बताए । मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र …

पुरा पढ्नुहॊस »

काेराेना संक्रमितकाे संख्या ८ जनामा सीमित

पछिल्लो २४ घण्टामा देशभर गरिएका २ हजार ६५५ नमुना परीक्षणमा ८ जना नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २१० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ४७ हजार ७०१ रहेकाे छ।

पुरा पढ्नुहॊस »