कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उनले जानकारी दिए। गठबन्धनमा रहेका दलहरूको क्षमताको आधारमा तालमेल गर्ने कांग्रेसले निर्णय गरेको हो। गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ। पार्टीको …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको हो। नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले …
पुरा पढ्नुहॊस »रोयल नेपाल गल्फ कोर्समा दुई दिने ओपन गल्फ टुर्नामेन्ट-२०२२ सम्पन्न
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुदको विकासका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र ११ र १२ गते त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न भयो । उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो । प्रतियोगितामा पुरुषतर्फ विजेतामा अवकासप्राप्त कर्णेल शशीबिक्रम सिंह, रनरअप मेन्समा अतिरिक्त प्रहरी महानिरिक्षक हरिबहादुर …
पुरा पढ्नुहॊस »सातै प्रदेशमा ई-बीमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल संवाद कार्यक्रम आयोजना हुँदै
लिभिङ विथ आइसिटीले सातै प्रदेशमा ई-बीमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रबर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम ०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुनेछ । चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुँदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती …
पुरा पढ्नुहॊस »के.सी.एल.अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार गर्ने
गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् । गत आषाढ ४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने …
पुरा पढ्नुहॊस »स्मार्ट च्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र राष्ट्रियस्तरको क वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकाबीच स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा संचालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। यस सम्झौता पश्चात …
पुरा पढ्नुहॊस »४२ जना काेराेना संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ४७१ नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ८६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ५० हजार १५१ रहेकाे छ।
पुरा पढ्नुहॊस »१४ दशमलव २६ अंकले घट्यो नेप्से परिसूचक
साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार घटेको छ । यो साता कारोबार भएको दिनदेखि नै निरन्तर ओरालो लागेको बजार आज १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो। मंगलबार २२५ वटा धितोपत्रको ३८ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। त्यस्तै, १३ …
पुरा पढ्नुहॊस »जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा
अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन्। अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए। रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरि तारेखमा रिहा गर्न माग गरेका छन्। चैत १० मा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन्।
पुरा पढ्नुहॊस »युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै
युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले जनाएको छ। वार्ताअघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसासमेत गरेका थिए। “मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको …
पुरा पढ्नुहॊस »