४२ जना काेराेना संक्रमित थपिए, ८६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ४७१ नमुना परीक्षणमा ४२ जना नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । ८६ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ५० हजार १५१ रहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री