प्रदिप नेपाल

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि मंगलबारको तुलनामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष ओलीले पार्टीका देशभरका पालिका अध्यक्षलाई निर्देशन दिने

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन्। उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरि खट्न निर्देशन दिने बताइएकाे छ। कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन्। गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर …

पुरा पढ्नुहॊस »

बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना ताेकिएका फरार गुरुङ पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४० लाख जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको ०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र ४० लाख जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले आज बिम्सटेक सम्मेलनलाई भर्चुअल सम्बाेधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बाेधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिम्सटेक आजबाट सुरु हुँदैछ। परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए। उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र …

पुरा पढ्नुहॊस »

बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको …

पुरा पढ्नुहॊस »

‘अहिलेकै अवस्थामा निर्माणको काम अघि बढाउन सकिँदैन’: निर्माण व्यवसायी

इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ। सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माणको काम अघि बढाउन नसकिने बताए। निर्माण सामग्रीमा भएको शतप्रतिशत मूल्यवृद्धिसँगै बजारमा अभाव र कालोबजारी सुरु भएको उनले बताए। मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनामा व्यवसायीले मूल्यवृद्धि पाउने गरि २०६५ सालमा जस्तै सार्वजनिक …

पुरा पढ्नुहॊस »

कर्णाली प्रदेश : ६९ प्रतिशत नागरिकले लगाए कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ९ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्। हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले १ लाख ७ हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए। हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ। कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ। पछिल्लो …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

आज विहानै काठमाडौंमा सामान्य वर्षा भएको छ। केही दिनदेखि तुवाँलोले छोपेको काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी चार (प्रदेश १, मधेश, बागमती र …

पुरा पढ्नुहॊस »

श्रीलंकामा आर्थिक संकटको असरः अस्पतालले रोक्यो शल्यक्रिया सेवा

स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ। स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो। अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ। ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ। भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ। अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित …

पुरा पढ्नुहॊस »

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेसँग परराष्ट्रमन्त्री खड्काको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा.नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। त्यस क्रममा नेपाल श्रीलंका सम्बन्ध र सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो।  

पुरा पढ्नुहॊस »