महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टवीन हस्तान्तरण गरेको हो।

नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको कुरा बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले जानकारी गराउनुभयो । नगरपालिकाको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका भैरहवा शाखा प्रबन्धक गुप्ताले सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेलाई डस्टवीन हस्तान्तरण गरेका हुन् । सोहि कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख उमा काफ्लेले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु नगरभित्र प्रभावकारीरुपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

स्थानिय नगर वरपर फोहरमैला व्यवस्थापनमा नगरपालिकालाई सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुग्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट कोर बैंकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभावकारीरुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस