मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले राप्ती गा.पा ८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ । बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने
प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नेछन्। पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले …
पुरा पढ्नुहॊस »स्वास्थ्य मन्त्रालयले चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको हो। मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ। उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ। उनले यसअभियान पश्चात अबदेखि नियमित …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए। स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन्। कांग्रेसमा १४ जना पदाधिकारी छन्। धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने …
पुरा पढ्नुहॊस »राप्रपाद्वारा २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन्। कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन्। यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन्। केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक …
पुरा पढ्नुहॊस »चार सय रुपैयाँले घट्याे सुनको मूल्य
सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ २० रुपैयाँले घटेको छ। आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार तीन सय ८० …
पुरा पढ्नुहॊस »र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग सानिमा बैंकको सम्झौता
सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ। ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउनेछन्। यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application …
पुरा पढ्नुहॊस »स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भाेट हाल्न पाउने
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो। जस अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन्। जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको …
पुरा पढ्नुहॊस »चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता
तीन दिने नेपालमा भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किका छन् । विदेशमन्त्री यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हु यान्छी तथा परराष्ट्र मन्त्रालय र दूतावासका अन्य अधिकारीले बिदाइ गरेका थिए । नेपाल भ्रमणको क्रममा मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गरेका थिए । भेटका …
पुरा पढ्नुहॊस »२४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, २१५ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २२२ नमूना परीक्षण गर्दा २३ जनामा मात्र संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् ।
पुरा पढ्नुहॊस »