१४ दशमलव २६ अंकले घट्यो नेप्से परिसूचक

साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजार घटेको छ । यो साता कारोबार भएको दिनदेखि नै निरन्तर ओरालो लागेको बजार आज १४ दशमलव २६ अंकले घटेर २ हजार ५२७ दशमलव ५८ विन्दुमा झरेको हो।

मंगलबार २२५ वटा धितोपत्रको ३८ लाख ९० हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

त्यस्तै, १३ वटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

मंगलबार ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्त रहेका छन्। कारोबार रकमको आधारमा शिबम् सिमेन्टको ७९ करोड १ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ …

प्रतिकृया दिनुहॊस