प्रदिप नेपाल

नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट

बुधबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार मंगलबार ४६ दशमलव ४६ अंकले घटेको थियो भने आज पनि २३ दशमलव ३२ अंकले गिरावट आएर २ हजार ४२८ दशमलव ७५ विन्दुमा झरेको हो। बुधबार २२६ वटा धितोपत्रको ४३ लाख ७२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ९९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …

पुरा पढ्नुहॊस »

नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष संघाईद्वारा सपथ ग्रहण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघाईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

पुरा पढ्नुहॊस »

नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’मा अनुबन्धित सलोन बस्नेत

नायक सलोन बस्नेत अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा अनुबन्धित भएका छन् । यसका लागि सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ। फिल्मको निर्देशन चन्द्र पन्तले गर्ने भएका छन् । ‘फिल्ममा सलोनको प्रमुख भूमिका हुनेछ। अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले भनिन् ।’ फिल्ममा मित्रताको कथासमेत भएकाे र यसमा सलोन फिट हुने नीताले बताएकी छिन् ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको विस्तारित काउण्टर मधेश प्रदेशको हिमालय सुगर मिल्समा

एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राही हरुलाई सहज होस् भन्ने उद्देश्यले नरहा–३, सिरहा स्थित हिमालय सुगर मिल्स परिसरमा ११ औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ। हिमालय सुगर मिल्सको तर्फबाट महा–प्रवन्धकद्वय अवधकिशोर यादव र एस एन कुशवाहा, एनएमबि बैंक लि.का मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरु मिथिलेस कुमार झा, कमलेशप्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबन्धक सरोज यादव, कर्मचारी संजीव झा लगायत सर्वसाधारणहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममाझ …

पुरा पढ्नुहॊस »

आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता हाे : ऊर्जामन्त्री

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई माथि उठाउनु तत्कालको आवश्यकता भएको बताएकी छिन्। बुधबार ललितपुरमा आयोजित पानी, ऊर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतीहरु रहेको भन्दै आजको आवश्यकता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि हुनु पर्ने जति विद्युत उत्पादन गर्न …

पुरा पढ्नुहॊस »

हिम इलेक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रा.लि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ …

पुरा पढ्नुहॊस »

एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज आर्थिक वर्ष २०७७/७८ काे उत्कृष्ट निर्यातकर्ता

एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता भएको छ। राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैंची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो। नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए। भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन्। नेपालमै फलेको अलैंचीलाई …

पुरा पढ्नुहॊस »

सुनको मूल्य आज तीन सय रुपैयाँले घट्यो

सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार निर्धारण भएको छ। चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय …

पुरा पढ्नुहॊस »

कङ्गोमा नेपाली शान्ति सैनिकको निधन

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ। ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए। प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए । घाइते गुरुङलाई …

पुरा पढ्नुहॊस »

नेपालकाे आन्तरिक रोजगारी प्रवर्द्धनमा विश्व बैंकले सहयोग गर्ने

विश्व बैंकले नेपालको आन्तरिक रोजगारी प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जसहित प्रतिनिधिमण्डलले गरेको शिष्टाचार भेटमा बैंकका तर्फबाट उक्त प्रतिबद्धता व्यक्त भएको हो। भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताका विषयमा छलफल भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपूर्ण रहेको बताए। विश्व …

पुरा पढ्नुहॊस »