थुनछेक बहसका लागि कलाकार पल शाहलाई नवलपुर लगियो

नाबालिग बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ। तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए।

मंगलबार बिहान ७ बजे पछाडि कारागारको टोलीले उनलाई नवलपुर लगेको हो। नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे।

क्षेत्रीका अनुसार गोला थुतेर कसकाे इजलासमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन। चैत ३ गते सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर चैत १० मा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो। जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन्।

उच्च अदालतले निवदेनउपर पहिलो सुनुवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ। सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अत्यधिक मदिरा सेवन गरेको भन्दै राजेशपायल राईलाई जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । …

प्रतिकृया दिनुहॊस