प्रदिप नेपाल

प्रदेशदेखि टोल तहसम्म प्रचार समिति गठन गर्न कांग्रेसद्वारा भ्रातृ संस्थालाई निर्देशन

नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको हो। समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा बसेको बैठकले …

पुरा पढ्नुहॊस »

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्। कोष सञ्चालक परिषद्को चैत १४ गतेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको नाममा रहेका जग्गा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालय, श्री पशुपतिनाथ भण्डार तहबिल कार्यालय र श्री पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालयको लगतमा रहेका छन् । तीनै कार्यालयको लगतमा रहेका तर दर्ता …

पुरा पढ्नुहॊस »

फेवाताल किनारमा नयाँ वर्ष महोत्सव हुने

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ। होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा चैत ३० र वैशाख १ गते लेकसाइडको फिस्टेल गेटबाट हल्लनचोकसम्मको मुख्य सडकमा १७औँ संस्करणको महोत्सव गर्न लागिएको हो। ‘पर्यटन, संस्कृति र खाना महोत्सव’को नारासहित सङ्घले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएकामा …

पुरा पढ्नुहॊस »

पहाडी भूभागमा आंशिक बदलीकाे सम्भावना

नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ। बिहीबार …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगद्वारा चुनावी कार्यक्रम गर्न समय निर्धारण

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो। आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो। त्यस्तै आयोगले अनुमतिबिना कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक …

पुरा पढ्नुहॊस »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाँच अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले राष्ट्रपति भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गरेको जानकारी दिए। राष्ट्रपतिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) …

पुरा पढ्नुहॊस »

इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण छः संचारमन्त्री कार्की

नेपाल प्रेस युनियनकाे केन्द्रीय कार्यालयमा प्रेस युनियन केन्द्रिय अध्यक्ष बद्री सिग्देलको अध्यक्षता तथा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियनको आयाेजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा फाेनिज, सञ्चारिका समूहका नवनिर्वाचित पदाधिकारी र सरकारी सञ्चार माध्यममा नियुक्त भएका ब्यक्तिलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले इतिहासका हरेक कालखण्डमा पत्रकारहरूकाे याेगदान महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

मंगलबार देशभर २४ जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ५८७ नमूना परीक्षण गर्दा २४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५१ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १७ हजार ७५५ रहेको छ।

पुरा पढ्नुहॊस »

चोभारकाे सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आयाे

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् …

पुरा पढ्नुहॊस »

नेप्सेमा ४६ दशमलव ४६ अंककाे उच्च गिरावट

मंगलबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेको थियो भने आज ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ०६ विन्दुमा झरेको हो । मंगलबार २२८ वटा धितोपत्रको ५८ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …

पुरा पढ्नुहॊस »