सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ कायम

मंगलबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि, सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री