सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ कायम

मंगलबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि, सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको भाउ १० रुपैयाँले घटेको छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ४० रुपैयाँ निर्धारण भएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस