ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले सर्टिङ्ग, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन
“सबल बैंक, सफल सहकार्य” लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्षदेखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडको २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ। आइतबार केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन्। “कृषि कर्म गरौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो। मिति, …
पुरा पढ्नुहॊस »स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता
चैत्र १८ गतेबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउनेसमेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो । गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआइबिएल एस क्यापिटल लिमिटेडले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो …
पुरा पढ्नुहॊस »विगतका त्रुटि र कमजोरी सच्याउँदै अघि बढ्छाैं : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन्। राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए। विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए। बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा …
पुरा पढ्नुहॊस »देशभर ३३ जनामा काेराेना संक्रमण पुष्टि, ८९ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ५९ नमूना परीक्षण गर्दा ३३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६० हजार ७२ रहेको छ।
पुरा पढ्नुहॊस »नेप्सेको ओरालो यात्रा आज पनि, १४ दशमलव ८८ अंकले घट्याे
आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार ३० दशमलव ८९ अंकले घटेको बजार सोमबार पनि १४ दशमलव ८८ अंकले घटेर २ हजार ४९८ दशमलव ५३ विन्दुमा झरेको हो। सोमबार २२६ वटा धितोपत्रको ३४ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी …
पुरा पढ्नुहॊस »बलेफी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो। कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयर मध्ये ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, …
पुरा पढ्नुहॊस »भूमध्य सागरमा डुंगा डुब्याे, ९० आप्रवासीको मृत्यु
लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ। क्षमताभन्दा बढी यात्रु बोकेको सो डुंगा केही दिनअघि लिबिया छोडेको थियो। दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ। एलेग्रिया १ नामक एक व्यवसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ। डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन्। एक दशकको द्वन्द्व र अराजकताबाट ग्रस्त लिबिया …
पुरा पढ्नुहॊस »९० किलो गाँजासहित मकवानपुरबाट भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले ९० किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन्। पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »एमाले कुनै पनि गठबन्धनको पक्षमा छैन : ईश्वर पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।” स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए। उनले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पारे। उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन …
पुरा पढ्नुहॊस »